गण्डकीमा २७ कोरोना सङ्क्रमण मुक्त

रासस

शुक्रबार, १० मंसिर २०७८, २१ : ३५
गण्डकीमा २७ कोरोना सङ्क्रमण मुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका आठ, नवलपरासी पूर्वका छ र बाग्लुङका एक रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ र होम आइसोलेशनमा एक सय ४२ जना रहेको निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस