सुनको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, ११ : ०८
सुनको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । 

CG Developers Tansen Cement box

सुनको भाउमा बुधबार पनि तोलामा छ सय रुपैयाँले गिरावट आएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस