कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु, ३५१ जना संक्रमित थपिए

सफल खबर संवाददाता

मंगलबार, ०७ मंसिर २०७८, १५ : १६
कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु, ३५१ जना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।