अमेरिकी सहायक विदेशमन्त्री बुधबार नेपाल आउने, प्रधानमन्त्री  देउवासहित शीर्षस्थ नेतालाई भेट्ने

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १९ : १२
अमेरिकी सहायक विदेशमन्त्री बुधबार नेपाल आउने, प्रधानमन्त्री  देउवासहित शीर्षस्थ नेतालाई भेट्ने

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको   जनाएको हो । काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट्ने छन् । नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने भएका छन् । सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस