‘ प्रधानन्यायाधीश राणासहित ५ जनाले पदत्याग गर्नुपर्छ’

पत्रपत्रिकाबाट

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ५०
‘ प्रधानन्यायाधीश राणासहित ५ जनाले पदत्याग गर्नुपर्छ’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा परेका छन् । राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरु उनको विपक्षमा उभिएका छन् ।

राजधानी दैनिकले न्यायाधीशरु राणाले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा रहेको खबर छापेको छ । यही बीचमा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले भने राणासहित ५ न्यायाधीशले पदत्याग गर्नुपर्ने धारणा राखेका छन् । 

उनले भनेका छन्, ‘न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता २८ असारको परमादेशको विकृत रुप भएकाले यस्तो विकृति निम्त्याउने संवैधानिक इजलासका पाँचै जना न्यायाधीशले नैतिक जिम्मेवारी लिएर पदत्याग गर्नुपर्छ । परमादेशको बाइप्रडक्ट अहिले देखापर्दैछन्, सत्तामा न्यायपालिकाको प्रतिनिधित्वको कुरा मात्रै होइन पदकमा न्याय बेचेर फैसला गर्ने श्रीमानको पनि कुरा छ ।

अहिले जे भइरहेकोछ, एउटा व्यक्तिको बहिर्गमनले मात्रै समस्या समाधान हुम्ँदैन । यसको दोष अन्य यायाधीशरुलाई पनि उत्तिकै जान्छ । त्यसैले, पाँचै जनाले पदत्याग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस