काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ।
नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २६ असोज २०७८, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियामा ट्रकको ठक्करबाट २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु
कोरिया अध्यनमा जान एनओसी स्थगित
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण