कोरोना अपडेट : थप ७ सय ६४ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : ३७
कोरोना अपडेट : थप ७ सय ६४ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१५ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप १०३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।