देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन, दोस्रो र तेस्रो वरियता काँग्रेसकै

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : २०
देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन, दोस्रो र तेस्रो वरियता काँग्रेसकै

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन भएको छ ।

शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो ।  सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ । 

यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् ।  त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता रहेको छ ।

प्रतिक्रिया दिनुहोस