काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।
कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ असोज २०७८, २२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ