कारोना अपटेड : थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १६ : ५९
कारोना अपटेड : थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

मंगलबार १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार २४८सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार ५८२ पीसीआर तथा ४ हजार ४६० एन्टिजेन परीक्षण भएको छ।