काठमाडौं । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ असोज २०७८, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ