नायिका बेनिसा हमाल र मोडल बिकास लामिछानेको रोमान्टिक म्युजिक भिडियो तिमिलाई भेटेदेखि सार्वजनिक ( भिडियोसहित )

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १६ : ०६
नायिका बेनिसा हमाल र मोडल बिकास लामिछानेको रोमान्टिक म्युजिक भिडियो तिमिलाई भेटेदेखि सार्वजनिक ( भिडियोसहित )

काठमाडौं । नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो तिमिलाई भेटेदेखि सार्वजनिक भएको छ।

रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ् दिएकी छिन। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन ,बिकास धमलाको सम्पादन ,कुसुम बुटिकको ड्रेस ,अनिता ग्वचाको मेकअप  देख्न सकिन्छ।   इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष बिस्वस्त रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस