चितवन । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हेटौँडा र चितवनलाई जोडेर केन्द्रीय राजधानी बनाउनुपर्ने बताएकी छन् । काठमाडौं १३ वटा जिल्लाको बिचमा रहेकाले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर चितवन र हेटौँडालाई देशको राजधानी बनाउनु पर्नेमा उनले जोड दिइन् ।
जिल्ला समन्वय समिति चितवनको ५औँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले देशको पुर्व पश्चिमको भुवनोटलाई आधार मान्दा चितवन र हेटौँडा देशकै मध्य भागमा पर्ने भएकोले यहि भुगोललाई केन्द्रीय राजधानी बनाउन आफुले छलफल समेत चलाई सकेको दाबी गरिन् ।
काठमाडौ अव्यवस्थित सहर भएको र यसलाई अव सुन्दर र नमुना सहरका रुपमा विकास गर्न चुनौती हुने भन्दै शाक्यले अव हेटौँडा र चितवनको भुगोललाई समेटेर नयाँ शहर र राजधानी विकास गर्न सकिने बताइन् । यसो गर्दा पुर्व तथा पश्चिमका नागरिकका लागि सहज पहुँच हुने उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
मंगलबार, ०५ असोज २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस