चितवन । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हेटौँडा र चितवनलाई जोडेर केन्द्रीय राजधानी बनाउनुपर्ने बताएकी छन् । काठमाडौं १३ वटा जिल्लाको बिचमा रहेकाले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर चितवन र हेटौँडालाई देशको राजधानी बनाउनु पर्नेमा उनले जोड दिइन् ।
जिल्ला समन्वय समिति चितवनको ५औँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले देशको पुर्व पश्चिमको भुवनोटलाई आधार मान्दा चितवन र हेटौँडा देशकै मध्य भागमा पर्ने भएकोले यहि भुगोललाई केन्द्रीय राजधानी बनाउन आफुले छलफल समेत चलाई सकेको दाबी गरिन् ।
काठमाडौ अव्यवस्थित सहर भएको र यसलाई अव सुन्दर र नमुना सहरका रुपमा विकास गर्न चुनौती हुने भन्दै शाक्यले अव हेटौँडा र चितवनको भुगोललाई समेटेर नयाँ शहर र राजधानी विकास गर्न सकिने बताइन् । यसो गर्दा पुर्व तथा पश्चिमका नागरिकका लागि सहज पहुँच हुने उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
मंगलबार, ०५ असोज २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा