चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिनगन्ती गरेर नबस्ने बताएकी हुन् ।
‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ । त्यसको कार्यक्रम तयार गर्नुपर्छ भनेर लागेका छौँ ।’
सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उनले बताइन् । सरकारले अलिकति पनि समय खेर नफाल्ने भन्दै उनले जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने बताइन् ।
‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ । लागू पनि गरेका छौँ’, उनले भनिन्, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ । जति समय छ, त्यति बेलासम्म काम गर्छाैँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असोज २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने