चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिनगन्ती गरेर नबस्ने बताएकी हुन् ।
‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ । त्यसको कार्यक्रम तयार गर्नुपर्छ भनेर लागेका छौँ ।’
सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उनले बताइन् । सरकारले अलिकति पनि समय खेर नफाल्ने भन्दै उनले जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने बताइन् ।
‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ । लागू पनि गरेका छौँ’, उनले भनिन्, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ । जति समय छ, त्यति बेलासम्म काम गर्छाैँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असोज २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा