भूकम्पपछिको नमूना पुनर्निर्माण

पाँच वर्षमा मुहार फेर्यो चीनको यान शहरले

शनिबार, ०८ बैशाख २०७५, १३ : ५८
पाँच वर्षमा मुहार फेर्यो चीनको यान शहरले

सिचुआन । चीनको सिचुआन प्रान्तमा पर्ने यान शहर पाँच वर्षअघि भूकम्पको धक्काले तहसनहस भयो । सात रेक्टर स्केलको भूकम्प खेपेको यान शहर पाँच वर्षपछि अहिले नमुना बनेर उभिएको छ ।
चीनको दक्षिण पूर्वमा रहेको यान शहरमा भूकम्पपछि निर्माण गरिएको सडक सञ्जाल तस्बिरमा देख्न सकिन्छ । आकाशबाट लिइएको यो तस्बिरमा तीन तहमा फ्लाईओभर देखिएको छ । यो तस्बिर चिनियाँ समाचार समिति सिन्ह्वाको लागि ल्यू कुनले खिचेका हुन् । फ्लाईओभरहरुको सबैभन्दा तल सडक मार्ग पनि छ । सडकको यो दृश्यले नै अनुमान गर्न सकिन्छ यान शहरको समृद्धि । विमानस्थल र रेलवे स्टेशन नरहेको यान शहरमा यातायातको प्रमुख माध्यम नै सडक हो । त्यसैले पनि यहाँ सडक सञ्जालको विकासका लागि महत्व दिइएको छ ।

यान शहरमा पर्ने ऐतिहासिक एवं पुरातात्विक महत्वको पुरानो पुलको यो फाइल तस्बिर भने विकिपिडियाबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस