काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।
एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको स्रोतको भनाइ छ। एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।
संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्।प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटकपटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे पनि निकास निस्किएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने