दैनिक १० मिटर खनिन्छ थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

पत्रपत्रिकाबाट

आइतबार, ०३ असोज २०७८, ०८ : १३
दैनिक १० मिटर खनिन्छ थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौं । मुलुककै ‘ड्रिम  प्रोजेक्ट’का  रूपमा  रहेको  थानकोट–नागढुङ्गा–सिस्नेखोला  सुरुङमार्गको  सुरुङ खन्ने  काम  दैनिक  लक्ष्यभन्दा  तीव्र  रूपमा अगाडि बढेको छ। 

दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजना  प्रमुख  नरेशमान  शाक्यले अहिले सुरुङमार्गको पूर्वतिर (काठमाडौँ)बाट र पश्चिमतिर (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर  रूपमा  अगाडि  बढिरहेको  बताउँदै अहिले आयोजनाको दैनिक काम लक्ष्यभन्दा अगाडि  रहेको  जानकारी  दिए ।

उनका अनुसार  अहिले  आयोजना  स्थलमा  दैनिक तीन  चरण  (सिफ्ट)मा  छ  सय  जनशक्ति कार्यरत छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस