रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, ११ : ३३
रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन ।

बतिसपुतलीस्थित उनकै निवासमा गएर प्रत्रानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गुगरेका हुन ।त्यस्तै पूर्व महामन्त्री प्रकाश मान सिह लगायतका कांग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन ।

लामो समयदेखि मिर्गौलाको समस्यमा रहेका  राणाको आज बिहान आफ्नै निवासमा निधन भएको छ । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा आज निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गरिरहेका थिए ।राणा सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नु भएको थियो । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन ।

प्रतिक्रिया दिनुहोस