न्यूयोर्कमा आँधी र भीषण बाढीले लियो ३ जना नेपालीको ज्यान

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ०८ : २३
न्यूयोर्कमा आँधी र भीषण बाढीले लियो ३ जना नेपालीको ज्यान

काठमाडौं । न्यूयोर्कमा आएको आइडा नामक समुन्द्री आँधी र भिषण बर्षाको कारण ३ जना नेपालीको दुखद निधन भएको छ । अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात ९टोरनाड़ो ०को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको छ ।

सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा सपरिवारको न्युयोर्कमा आएको मुसलधारे वर्षा र बाढीले सपरिवारको असामयिक निधन भएको छ ।
 

प्रतिक्रिया दिनुहोस