काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।
वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए । अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बईमानी गरेको बताए ।
एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँद उनले तमासुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।
अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी सो रक्षाको लागी पुर्ण प्रतिबध्द भई गठबन्धनलाई निरंतरता दिनुपर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग