काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।
वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए । अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बईमानी गरेको बताए ।
एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँद उनले तमासुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।
अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी सो रक्षाको लागी पुर्ण प्रतिबध्द भई गठबन्धनलाई निरंतरता दिनुपर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’