नेपालगंजमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १० : ११
नेपालगंजमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचारको क्रममा मंगलबार राति पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक बाँके र दाङका रहेका छन्।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा उपचार गराइरहेका दाङ र बाँकेका संक्रमितको आधा घण्टाको फरकमा मृत्यु भएको छ।

दाङ राप्ती गाउँपालिका वडा नं. ३ का ८४ वर्षीय पुरुषलाई भदौ ६ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको राति नौ बजे मृत्यु भएको छ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का ४३ वर्षीय पुरुषको राती साढे नौ बजे मृत्यु भएको छ। साउन ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय २८ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस