३५ कोरोना संक्रमितको मृत्यु, २५ सय २५ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १७ : १९
३५ कोरोना संक्रमितको मृत्यु, २५ सय २५ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस