योगी नरहरीनाथ बागिश्वरी आश्रमलाई ज्ञानको भण्डार बनाउने योगी पिताम्वरको योजना

प्रकाश सिग्देल

विहीबार, ०३ भदौ २०७८, १८ : ५०
योगी नरहरीनाथ बागिश्वरी आश्रमलाई ज्ञानको भण्डार बनाउने योगी पिताम्वरको योजना

चितवन । राष्ट्रगुरु योगी नरहरी नाथको बागिश्वरी स्थित आश्रमको विकासमा सहकार्य गर्न आश्रमका प्रमुख योगी पिताम्वरले सबै संग आग्रह गरेका छन् ।  

CG Developers Tansen Cement box

आश्रम परिषरमा आयोजित पत्रकार सम्मेलनमा योगी पिताम्वरले पछिल्लो समय लकडाउनका कारण बागेश्वरीमा भक्तहरुबाट हुने सेवा तथा दान घट्दै जान थालेपछि त्यहा रहेका गाईहरुको सेवामा समस्या भएको र आश्रमका नियमित गतिबिधि प्रभावित बनेको भन्दै सबैसंग सहकार्यको आग्रह गरेका हुन् ।

आश्रममा समावेशी गुरुकुुल शिक्षा समेत सञ्चालन भएको र यहा कक्षा ६ देखि ८ कक्षा सम्म पठन पाठन हुदै आएको छ ।

समग्र राष्ट्र, राष्ट्रियता र मानवसमाजका लागि आफ्नो जीवन समर्पित गर्ने योगी नरहरिनाथलाई राष्ट्र र नेपाली समाजले बिर्सिएको वा वास्ता नगरेजस्तो भान आफुलाई हुन थालेको योगी पिताम्वरले बताए ।

अन्य देशका योगी पण्डित नेपालमा सम्मानित एवम पूजित छन, तर नेपालकै राष्ट्रगुरु योगी नरहरिनाथ र उनका कृति एवम् देनहरू उपेक्षित रहेको महसुस भएकाले बागिश्वरीको विकास र प्रर्वधन गर्दै योगीले गरेको कर्म र उनको दर्शनको बारेमा आम मानिसलाई जानकारी गराउन आवश्यक रहेको पिताम्वरले बताए ।

योगीको कठिन मेहनत र सत्प्रयासमा संकलन भएका मेचीदेखि महाकालीसम्मका संस्कृति, कला, भाषा, साहित्य, इतिहास र पुरातत्व केवल कसिंगरको रूपमा सड्न, गल्न र धुलोमाटोमा विलिन हुन नदिन अव आम सञ्चार माध्यम साधु सन्त र सामाजिक अगुवाहरुले भुमिका खेल्नु पर्ने उनको भनाई छ

योगीको कठिन मेहनत र सत्प्रयासमा संकलन भएका मेचीदेखि महाकालीसम्मका संस्कृति, कला, भाषा, साहित्य, इतिहास र पुरातत्व केवल कसिंगरको रूपमा सड्न, गल्न र धुलोमाटोमा विलिन हुन नदिन अव आम सञ्चार माध्यम साधु सन्त र सामाजिक अगुवाहरुले भुमिका खेल्नु पर्ने उनको भनाई छ ।  

कार्यक्रममा आश्रमका गौ संयोजक रामप्रसाद वस्तीले गाईको नियमित चरन र दाना चापटका लागि समस्या भएको भन्दै यसका लागि उचित सहयोग गरीदिन दाताहरुलाई आग्रह गरे ।

सो अवसरमा परिषदका अध्यक्ष शैलेन्द्र पियाले आश्रमको विकासमा परिषद निकै लागि परेको र अव आश्रम परिषरमा  मोज्याकं टाईल लगाएर यसको थप व्यवस्थापन गर्न तर्फ आफुहरु अगाडि बढेको उनको भनाई छ । यहाँ रहेका गाई र बटुकको सेवाका लागि आफुहरु निरन्तर सक्रिय भएको र योगी नरहरी नाथको योगदानलाई थप उच्च बनाउदै बागिश्वरीको विकासमा आफुहरु लाग्ने बताए ।

कार्यक्रममा गुरुकुलका प्राचार्य माधव पौडेलले गुरुकुलमा समावेशी बटुकहरु रहेको र सबैले संस्कृत शिक्षा सहितको पुर्विय संस्कृति अध्ययन गरिरहेको बताए ।

कार्यक्रममा कार्यक्रम की प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सचिव सृजना अर्यालले गुरुले पर्वीय दर्शन र सभ्यता लाई विश्वमा पहिचान गराउन विभिन्न चुनौति र बाधा व्यवधान सहदै आफनो अभियान अगाडि बढाउनु भएको बताईन् । गुरुको  सतकर्मको नया पुस्ताले अनुसरण गर्दै बिश्व ब्यापि बनाउन पर्ने बताईन् । किसोरीको व्रतवन्ध गर्नु पर्ने, सबै भाष धर्म संस्कार सम्प्रदायका लागि संस्कृत शिक्षा पढाउनु पर्ने , छुवाछुत र विभेद गर्न नहुने उहाँका धेरै राम्रा अभियानहरु रहेको उनले चर्चा गरिन

बागेश्वरीमा रहेका लोक्कल जातका गाईको पिसाबबाट आश्रममा गौ अर्क समेत उत्पादन गरेर बिक्री हुदै आएको छ ।

योगीको योगदान

योगी नरहरिनाथले वि.सं २०३८ माघे सक्रान्तिका दिन गलेश्वरबाबा आश्रम, देवघाट, तनहुँदेखि कोटीहोम गर्न सुरु गरी एक सय २९ वटा कोटीहोम ४५ वटा लक्ष्य होम र पाँच वटा शिवयज्ञहरू सम्पन्न गरेका थिए । यिनै कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याए ।

कोटी होम कै माध्यमबाट संकलन भएको आर्थिक सहयोगलाई गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरे । वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको सुरुवात गरे । वेद र उपनिषद्का उपदेशलाई सरल र सहजशैलीमा अथ्र्याए । पृथ्वी, जल, अग्नि, वायु र प्रकृतिको संरक्षणको महत्व उजागर गरे । संस्कृत भाषा नै अन्य सबै भाषाहरूको जननी भाषा भएकोले संस्कृत भाषाको संरक्षण संवद्र्धन तथा संस्कृत शिक्षाको महत्वलाई जोड दिँदै दाङको बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालय र भारतको गिरिजापुरीमा सरय संस्कृत विश्वविद्यालय स्थापना गर्न पहल गरे ।

उनले विसं २०२२ चैत्र १ गतेका दिन श्रीबृहत आध्यात्मिक परिषद् नामक संस्था स्थापना गरे आफना अभियानहरु निरन्तर अगाडि बढाए ।

को हुन योगी नरहरी नाथ

योगी नरहरिनाथको जन्म बि.स १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं ७, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी आत्रेयगोत्री को माइला पुत्रको रूपमा भएको थियो ।

आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका थापाले १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्यास लिएपछि योगी नरहरिनाथ भएका हुन् ।

जुम्ला, चौघानस्थित वटुकभैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशाला बाट अध्ययन थालेका उनले हरिद्वार, मायापुरी योगा आश्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गरे ।

१९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट १९९७ मा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, अध्ययन गरी वेदालंकार परीक्षा उत्तीर्ण गरे ।

अध्ययन पूरा गरेपछि उनी गौहत्या निषेध आन्दोलन एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक भारतिय कारागारहरूमा थुनिए । योगी नरहरिनाथ नेपाल आएर २००४ कात्तिक २० गतेदेखि स्थायी रूपमा मृगस्थलीमा बस्न थाले ।

साधुसन्तको संगत रुचाउने तत्कालीन श्री ३ जुद्धशमशेरले पशुपतिमा लक्ष्यहोम गरी १० हजार गाईदान गर्दा योगी नरहरिनाथका लागि पनि उनको प्रतिभा र बौद्धिकताको सम्मान गरेर गोरक्षपीठः मृगस्थलीको चार रोपनी क्षेत्रफलको जग्गामा दुईवटा आश्रमघर र गौशाला बनाइदिएका थिए ।

राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, थुप्रै भाषाका ज्ञाता, आबाल ब्रह्मचारी, शतशहस्र तीर्थयात्री, भारद्वाजगोत्रीय ऋषि, हिन्दु राष्ट्रगुरु, वनस्पति परिचयज्ञ, सहस्राधिक-पुस्तक लेखक तथा प्रकाशक, बृहदाध्यात्मिक परिषद् संस्थापक, धार्मिकाध्यात्मिक-सांस्कृतिक साहित्यिक राष्ट्रिय संस्था संस्थापक, विश्वहिन्दु महासंघ संस्थापक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक आदि विशेषणले पनि चिनिन्छ ।

 

राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, थुप्रै भाषाका ज्ञाता, आबाल ब्रह्मचारी, शतशहस्र तीर्थयात्री, भारद्वाजगोत्रीय ऋषि, हिन्दु राष्ट्रगुरु, वनस्पति परिचयज्ञ, सहस्राधिक-पुस्तक लेखक तथा प्रकाशक, बृहदाध्यात्मिक परिषद् संस्थापक, धार्मिकाध्यात्मिक-सांस्कृतिक साहित्यिक राष्ट्रिय संस्था संस्थापक, विश्वहिन्दु महासंघ संस्थापक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक आदि विशेषणले पनि चिनिन्छ ।

योगी नरहरिनाथ ८८ वर्षको उमेरमा मिति २०५९ फागुन १३ गते मंगलबार राति १२.४० मा मृगस्थली आ श्रममै ब्रम्हलीन भएका हुन् ।  

 

योगीका पुस्तकहरु

योगीले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत एक सय १४ वटा तथा इतिहास तथा पुरातत्वसम्बन्धी आठवटा, पाक्षिक/मासिक/त्रैमासिक पत्रपत्रिकाहरू १० वटा, अन्य विविध विषयका दुई सय ६३ वटा गरी जम्मा पाँच सय ७१ वटा पुस्तकहरू ९ अप्रकाशित एक सय ७६ पुस्तकसमेत प्रकाशित गरेको विवरण पाइएको छ । उनले रचना गरेका कृतिमध्ये अन्योक्ति मुक्तावलीका केही भाग, इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको कुल ८२ भागमध्ये ७५ भाग, इतिहास प्रकाशको कुल ८२ भागमध्ये ७८ भाग, शिखरिणीयात्राको कुल १५ भागमध्ये १४ भाग, अभिलेखमालाहरू, करिब ६ सयवटा थर गोत्र वंशावलीहरू, अवतार विभूति फल परिचय, मनुस्मृति पद्यमय टीका र कोटीहोम परिचय ७४ भाग लगायत एक सय ७६ वटा पुस्तकहरू प्रकाशन हुन बाँकी नै रहेको देखिन्छ ।

योगीलाई आइलागेका विपत्ति

वर्तमान राजनीतिक समाजले योगी नरहरिनाथलाई राजावादी वा पञ्चायतका पक्षधर मानिरहेको छ भने तात्कालिक पञ्चायती व्यवस्थाले उनलाई अन्तर्राष्ट्रिय तत्व आदि इत्यादि आरोप लगाएर दुःख दिने गरेको थियो । यस्तै घटनामध्ये वि.सं २०१७ साल कात्तिक ९ गतेको गोरखा काण्ड एक चर्चित काण्ड हो । यस घटनाको रिसमा योगी नरहरिनाथका सम्पूर्ण सरसामान तथा ऐतिहासिक सामग्रीका बोरा तात्कालिक सरकारले प्रहरी खटाएर आगो लगाइदिँदा सात दिनसम्म मृगस्थली वन क्षेत्रमा धुवाँको मुस्लो उठेको बताईन्छ ।

विसं  २०३३ साल साउन १८ गतेदेखि माघ १ गतेसम्म पञ्चायती सरकारले हिरासतमा राखेर छोडेपछि योगी भारतमा निर्वासनमा गएका थिए । पञ्चायतका व्यक्तिहरूले उनको ज्यान नै लिने उद्देश्यले काँचको धुलो मिसाएको पानी दिएको बताईन्छ ।

जीवनको अन्तिम क्षणसम्म पनि योगी राष्ट्र र राष्ट्रियताका निमित्त चिन्तित भइरहे । योगी नरहरिनाथको सम्पूर्ण जीवन मातृभूमिको सेवा, राष्ट्रभक्ति, नेपाल र नेपालीको मौलिक भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने सत्कार्यमा नै बितेको थियो । उनले सिर्जना गरेका कृतिहरू समाज, राष्ट्र र विश्वमानव परिवारका निमित्त अमूल्य सम्पत्ति हुन ।

प्रतिक्रिया दिनुहोस