प्रदेश–१ मा थपिए ७६९ मा कोरोना संक्रमित

रासस

शुक्रबार, २९ साउन २०७८, २० : ४६
प्रदेश–१ मा थपिए ७६९ मा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५२९ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरी १०८, मोरङ १०४ मध्ये विराटनगर ४१, धनकुटा १२, इलाम ११, तेह्रथुम पाँच, सङ्खुवासभा र भोजपुरमा चारचार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ६७५ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस