भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, ०९ : २४
भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक बाँके कोहलपुर र कैलाली टीकापुरका रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नम्बर ८ का ४३ वर्षीय पुुरुष र टीकापुर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो।

कोहलपुरका ४३ वर्षीय पुरुषलाई साउन २१ गते भर्ना गरिएको थियो। भोलिपल्ट पीसीआर गरियो। उनको राती  मृत्यु भएको छ। टीकापुरका ४५ वर्षीया महिलाको साउन २० गते पीसीआर गरिएको थियो। उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

उनको बिहान ४ बजे मृत्यु भएको छ। योसँगै कोरोनाबाट बाँके निवासी ३ सय २४ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ८७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस