भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी

एजेन्सी

शुक्रबार, २२ साउन २०७८, १२ : ५४
भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।  यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो। 

बिहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। 

भारतमा हालसम्म कुल ४९ करोड डोज खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

हालसम्म ३ करोड १८ लाखभन्दा बढी संक्रमित रहेको भारतमा  ३ करोड १० लाख निको भएका छन् भने  ४ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस