तत्काल मन्त्रिपरिषद बिस्तार गर्ने सत्ता पक्षिय गठबन्धन बैठकको निष्कर्स

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ११ : ३४
तत्काल मन्त्रिपरिषद बिस्तार गर्ने सत्ता पक्षिय गठबन्धन बैठकको निष्कर्स

काठमाडौं । सत्ता पक्षीय गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमती गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको आज बसेको बैठकले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गरेको छ । 

मन्त्रिपरिषद् बिस्तारसंगै बैठकले  सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । त्यसबारे गृहकार्य गरेर अगाडी बढाउने निर्णय भएको छ ।  यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ । 

यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए । 

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस