भारतमा २४ घण्टामा ३९ हजार संक्रमित थपिए, ५ सय ३६ संक्रमितको मृत्यु

एजेन्सी

शनिबार, ०९ साउन २०७८, १२ : ०९
भारतमा २४ घण्टामा ३९ हजार संक्रमित थपिए, ५ सय ३६ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ ।

 पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ । a भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस