काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनको मुद्दामा एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको टिप्पणी गरेका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औँ स्मृति सभामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। उनले संविधान बचाएर ठुलै लडाइँ जितिएपनि अझैं चुनौती सामना गर्न बाँकी रहेको बताए । ‘संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन्’, उनले भने,‘बुद्धिमत्ताका साथ सामना गर्नुपर्छ। सजिलो छैन ।
संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको भन्दै उनले भने,‘गठबन्धन टुटाउने प्रयास भयो। बचाउने प्रयास गर्यौं। अहिले पनि भत्काउने प्रयास भइरहेको छ। एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’
उनले सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त बनेको बताए । ‘माधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो, केपी ओली अहिले विक्षिप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउँछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न,’ प्रचण्डले भने। ओली केही भक्त हनुमानको भरमा चलेको तर्क गर्दै तिनले पनि साथ छाड्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
जेनरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : प्रचण्ड
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो: प्रचण्ड
विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो : प्रचण्ड
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी