काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनको मुद्दामा एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको टिप्पणी गरेका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औँ स्मृति सभामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। उनले संविधान बचाएर ठुलै लडाइँ जितिएपनि अझैं चुनौती सामना गर्न बाँकी रहेको बताए । ‘संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन्’, उनले भने,‘बुद्धिमत्ताका साथ सामना गर्नुपर्छ। सजिलो छैन ।
संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको भन्दै उनले भने,‘गठबन्धन टुटाउने प्रयास भयो। बचाउने प्रयास गर्यौं। अहिले पनि भत्काउने प्रयास भइरहेको छ। एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’
उनले सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त बनेको बताए । ‘माधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो, केपी ओली अहिले विक्षिप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउँछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न,’ प्रचण्डले भने। ओली केही भक्त हनुमानको भरमा चलेको तर्क गर्दै तिनले पनि साथ छाड्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने