नालामा खसेर रौतहटमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १२ : १७
नालामा खसेर रौतहटमा एक जनाको मृत्यु

सांकेतिक तस्वीर

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ गएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नालामा खसेपछि बाहिर निक्लिन नसकेर मृत्यु भएको हुनसक्ने घटना प्रकृतिले देखिएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताएका छन् । 

मृतक मंसुरिको शव पोष्टमार्टमका  लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतकले दैनिक मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस