टिपर दुर्घटनामा चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १० : २७
टिपर दुर्घटनामा चालकको मृत्यु

बुटवल । बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर सडकदेखि करिव ३ सय मिटर तल खोलामा  खस्दा त्यसका चालक पुर्वखोला गाउँपालिका– ५ बिरकोटका २६ बर्षीय सुदिप गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते चालक गैरेलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याईएसंगै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस