कालीकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ४ जना घाईते

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, ०९ : ४२
कालीकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ४ जना घाईते

सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।  आज बिहान रास्कोट नगरपालिका ५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

१२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई  छ ।

प्रतिक्रिया दिनुहोस