चितवन । यात्रुवाहक बसले ठक्कर दिँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । आज बिहान भरतपुर महानगरपालिका १० बाइपास रोडमा बसको ठक्करबाट भरतपुर १२ कस्तुरी टोलका ७६ वर्षीय बसन्त बहादुर लिम्बुको मृत्यु भएको हो ।
बिस्कुट लोड गरी बिराटनगरबाट काठमाडौँ जादैँ गरेको ना ६ ख ४९२३ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनापछि फरार चालकलाई प्रहरीले केन्द्रीय टर्मिनल बसपार्कबाट सवारीसाधनसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु