चितवन । यात्रुवाहक बसले ठक्कर दिँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । आज बिहान भरतपुर महानगरपालिका १० बाइपास रोडमा बसको ठक्करबाट भरतपुर १२ कस्तुरी टोलका ७६ वर्षीय बसन्त बहादुर लिम्बुको मृत्यु भएको हो ।
बिस्कुट लोड गरी बिराटनगरबाट काठमाडौँ जादैँ गरेको ना ६ ख ४९२३ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनापछि फरार चालकलाई प्रहरीले केन्द्रीय टर्मिनल बसपार्कबाट सवारीसाधनसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ट्रकमा अटो ठोकिँदा महिलाको मृत्यु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु