युरोकप २०२० : स्विडेनलाई हराउदैं युक्रेन क्वाटरफाइनलमा प्रवेश

एजेन्सी

बुधबार, १६ असार २०७८, ०७ : ५९
युरोकप २०२० : स्विडेनलाई हराउदैं युक्रेन क्वाटरफाइनलमा प्रवेश

file photo

एजेन्सी । युक्रेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  खेलको अन्तिम मिनेटमा युक्रेनका अर्टेम डोभयकले निर्णायक गोल गरे । अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जु्री समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा उनले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा सानदार गोल गरेका हुन् ।  

त्यसअघि खेलको २७ औं मिनेटमा जिन्चेन्कोकै गोलमा युक्रेनले अग्रता लिएको थियो । गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए । 

 दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । युक्रेनले क्वाटरफाइनलमा अब इङल्यान्डसँग भिड्नेछ । इङ्ल्याण्डले जर्मनीलाई गएरातिकै खेलमा २–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस