काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका दुई मेयरलाई काममा रोक नलगाउन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ दल त्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका दुई मेयरलाई काम गर्न अन्तरिम आदेश दिएको हो ।
माओवादी त्याग गरी एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिनका लागि भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो । न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार साह र कुशवाहाको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।
माओवादीको वैशाख १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुन अनुसार पदमुक्त भएको निर्णय गरेको थियो । पदमुक्त भएको जानकारी आयोगले उनीहरूलाई असार ११ गते दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने