एकैदिन ४ हजार ३४८ जना संक्रमणमुक्त हुँदा दुई हजार ६३६ संक्रमित थपिए, २० जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १७ : ०४
एकैदिन ४ हजार ३४८ जना संक्रमणमुक्त हुँदा दुई हजार ६३६ संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको मृत्यु भएको छ ।  थप दुई हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो । 

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६९पीसीआर० र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस