भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ सय ७ जनाको मृत्यु

एजेन्सी

मंगलबार, १५ असार २०७८, १० : ३६
भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ सय ७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३७ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २२औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १५ हजार ९ सय १० पुगेको छ । भारतमा ५ लाख ५९ हजार २ सय २८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९ सय ७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६ सय ६८ पुगेको छ ।