अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु

एजेन्सी

सोमबार, १४ असार २०७८, ११ : ०७
अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु

अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु भएको छ। सिड्नीमा अति संक्रामक डेल्टा भेरियन्टसँग जोडिएको संक्रमणका १२८ केस पुगेका छन्।

क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा पनि कम संख्यामै भए पनि संक्रमण पुष्टि भएको छ। देशका विभिन्न क्षेत्रमा एकसाथ संक्रमण देखिएको यो केही महिना यताकै पहिलो घटना हो।

नयाँ संक्रमण तथा डेल्टा भेरियन्टको जोखिमलाई लिएर राज्य तथा विभिन्न क्षेत्रीय नेताहरुले सोमबार प्रधानमन्त्री स्कट मोरिसनसँग आकश्मिक बैठक गर्दै छन्।

संक्रमण थप फैलिन नदिनका लागि विभिन्न राज्यहरुले आफ्ना सीमा बन्द गरेका छन् भने प्रतिबन्धात्मक उपायहरु पनि लागु गरेका छन्।

डेल्टा भेरियन्टको संक्रमण देखिएसँगै सिड्नी र डर्वीन शहरमा लकडाउन लागु भएको छ। यस्तै चार राज्यहरुमा प्रतिबन्धात्मक उपायहरु लागु भएको छ।

सिड्नीको अवस्थालाई लिएर बढि चासो छ। त्यहाँका ५० लाख मानिसलाई घर भित्रै बस्न आदेश दिइएको छ।

प्रतिक्रिया दिनुहोस