पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १७ : ०१
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४ सय २४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ ।