बेलायत । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी मागेका छन् ।
सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् । बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ ।
गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण पाइएको छ भने यो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ असार २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि