क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, ११ : ५०
क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो । 

जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजन संचालन गरिरहेका टोस्टराज बसन्त कार्कीले जानकारी दिए । 

क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका सामाग्री आज दिउँसो ४ बजे एक विशेष विमान मार्फत नेपाल आइपुग्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस