भारतमा ४९ हजार संक्रमित थपिए, १२ सय ५६ संक्रमितको मृत्यु

एजेन्सी

आइतबार, १३ असार २०७८, १० : ५०
भारतमा ४९ हजार संक्रमित थपिए, १२ सय ५६ संक्रमितको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ४९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ८५१ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २०औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ३२ हजार ३२० पुगेको छ ।

 भारतमा ५ लाख ९३ हजार २०५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २५६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९५ हजार ७८० पुगेको छ ।