कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

एजेन्सी

शनिबार, १२ असार २०७८, १२ : ३५
कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

कोलम्बिया । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो ।

हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई केही भएको छैन । राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् ।

आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस