बौद्धमा भेटिएको मानव अंग : सिसीटिभीमा देखियो फालेको

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, ०८ : ४४
बौद्धमा भेटिएको मानव अंग : सिसीटिभीमा देखियो फालेको

काठमाडौं ।  काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा (मानव अंग) चार जनाले लगेर फालेको सिसीटिभीमा देखिएको छ । प्रहरीको अनुसन्धानबाट चारजना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ । 

घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ । तर, शव फाल्नेहरूको पहिचान हुन सकेको छैन ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको खुट्टा फेला परेको थियो । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले घटनाको अनुसन्धान गरिरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस