चितवनमा ५ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १५ : २९
चितवनमा ५ जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा ११७ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेजमा १ र पुरानो मेडिकल कलेजमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना डिस्चार्ज भएका छन् ।

चितवनका विभिन्न अस्पतालहरुमा ३१२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ८० जनालाई कोरोना संक्रमण देखिएको छ। 
 

प्रतिक्रिया दिनुहोस