‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग

रासस

सोमबार, २४ जेठ २०७८, १७ : ३८
‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ दैलेख जिल्ला शाखाले नौमुले गाउँपालिका –३ मा अवस्थित नेरा माध्यामिक विद्यालयलाई ‘स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा विद्यालय’ नामकरण गर्न माग गरेको छ । 

शाखाका अध्यक्ष यज्ञराज थापाका अध्यक्षतामा आज यहाँ बसेको बैठकले यसका लागि  गाउँपालिका र  विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

पत्रकार डेकेन्द्रको स्मृतिलाई थप जीवन्त बनाउन विद्यालयको नामकरण गर्न  आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताए ।  पत्रकार डेकेन्द्रलाई विसं २०६१ साउन २७ गते तत्कालीन द्वारी गाउँ विकास समितिमा रहेको सो विद्यालयमा हत्या गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस