बलिउड अभिनेता दिलिप कुमार अस्पतालमा भर्ना

रासस

आइतबार, २३ जेठ २०७८, ११ : ३५
बलिउड अभिनेता दिलिप कुमार अस्पतालमा भर्ना

नयाँ दिल्ली । भारतका दिग्गज अभिनेता दिलिप कुमार (९८) को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो ।

उनको घरमा नै उपचार भइरहेको थियो । आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । हाल चिन्ता गर्नुपर्ने स्थिति छैन । तर उनको उमेर धेरै भएका कारण हामी कुनै खतरा लिन चाहँदैनथ्यौं त्यसैले उनलाई अस्पताल भर्ना गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस