एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्यांक अनुसार संक्रमण दर गएको तीन महिनायताकै उच्च कायम रहेको छ ।
अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीनहजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ ।नयाँ संक्रमितसंगै बेलायतम कोरोना संक्रमितको संख्या ४५ लाख छ हजार नाघेको छ ।
यसैगरी बितेको २४ घन्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८२३ पुगेको छ ।गत मनागल्बार बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारीशुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म छ करोड ६७ लाख ४९ हजार ६३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९९ लाख ४९ हजार ६९४ जनाले पहिलो डोज र दुई करोड ६७ लाख ९९ हजार ९४४ जनाले दोस्रो डोज लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ जेठ २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित