काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ७० हजार ७ सय ३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६ सय ३५ व्यक्तिले रोजगारी प्राप्त गरेका थिए।
चालु आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारमध्ये ३३ हजार ७ सय ३३ व्यक्तिले रोजगारी प्राप्त गरेको आर्थिक सर्वेक्षणमा बताइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४ लाख ४३ हजार ४ सय ६७ व्यक्तिलाई आंशिक र ४८ हजार ७ सय ८१ व्यक्तिलाई पूर्ण रोजगारी दिएको बताइएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म १३ हजार ५ सय २६रोजगारदाता र १ लाख ९३ हजार ७२ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ब भएका छन । सामाजिक सुरक्षा कोषमा हालसम्म ४ अर्ब ६६ करोड १० लाख १५ हजार योगदान बापतको रकम उक्त कोषमा जम्मा भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस्तै चालू आर्थिक बर्षको फागुनसम्म ८ जिल्ला, ९८ स्थानीय तह र ८५० वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ। १६ जिल्लामा विवरण दर्ता कार्य सुचारू रहेको छ। हालसम्म २२ लाख नागरिकको विवरण सङ्कलनको कार्य सम्पन्न भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सुरक्षा कोषमा कति छ पैसा ?
सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध
सामाजिक सुरक्षा कोषले एकैपटक गर्यो ३२ स्थानीय तहसँग सम्झौता
सामाजिक सुरक्षा कोषमा आबद्ध भयो ऐरावती
सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न तहगत जिम्मेवारी
सामाजिक सुरक्षा कोषले माग्यो उपनिर्देशकदेखि कम्प्युटर अपरेटरसम्म