स्पेनबाट १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १२ : ४४
स्पेनबाट १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ  । स्पेनले नेपाललाई १० लाख युरो करिब १४ करोड नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट रहेको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनी परराष्ट्र तथा युरोपेली युनियन र सहकार्य मन्त्री अरन्चा गोन्जालेज लायाबीच बुधबार टेलिफोन संवाद भएको थियो । उक्त संवादमा नेपाल–स्पेनको सम्बन्धका विभिन्न पक्ष र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्री ज्ञवालीले स्पेन सरकारलाई स्वास्थ्य उपकरण आपूर्ति गर्न लागेकोमा धन्यवाद दिए । मन्त्री गोन्जालेज लायाले फसेका स्पेनी नागरिकलाई स्वदेश फिर्ता गर्न सहयोग पुर्‍याएकोमा नेपाललाई धन्यवाद दिए । उनले नेपाललाई द्विपक्षीय सहयोगका साथै युरोपेली युनियनबाट पनि निरन्तर सहयोग रहने बताइन् ।

सोही अवसरमा स्पेनी अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्डी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमनले नेपाल उत्रँदै छन् । साथमा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्मा पनि आउँदै छिन् ।

प्रतिक्रिया दिनुहोस